काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्ज कोरोना संक्रमणका कारण ढिला हुने भएको छ । संयुक्त मर्जर कमिटिको बैठक बस्न नसकेका कारण मर्जको प्रक्रिया अगाडि बढ्न नसकेको मर्जर कमिटिका एक जना सदस्यले बताए ।
हिमालयन बैंकको मानवसंशाधन विभाग प्रमुखलाई कोरोना भएका कारण कर्मचारी व्यवस्थापनको समस्या मिलाउनका लागि बैठक बस्ननसकेको स्रोतले बतायो । मर्जर कमिटिका सदस्यका अनुसार मर्जर जस्तो जटिल विषयमा प्रत्यक्ष भेट नभए धेरै विषय टुंग्याउन सकिदैन अहिले प्रत्यक्ष भेट्ने समय नै छैन उनले भने । बैंकको कर्मचारी व्यवस्थापन, शाखा स्थानान्तरण र सफ्वेयरका विषयमा छलफल हुन नै नपाएको ती सदस्य बताउँछन् ।








