अन्य बैंक आन्दोलित हुँदा लक्ष्मी मात्रै सामाजिक सुरक्षा कोषमा दर्ता, के होला खास कारण ?


  • KBL News Ad
  • ADBL
  • City Express
अन्य बैंक आन्दोलित हुँदा लक्ष्मी मात्रै सामाजिक सुरक्षा कोषमा दर्ता, के होला खास कारण ?

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्दताको विषयलाई लिएर विशेष गरी बैंकिङ क्षेत्र आन्दोलित भएको छ। केही बैंक वित्तीय संस्थाले आफूहरु आबद्द हुने भनेर कोषमा दर्ता भएपनि उनीहरुले दर्ता भएको कर्मचारीको नामबाट गर्नुपर्ने योगदान भने गरेका छैनन्। 

झन्डै सबै बैंक वितिय संस्थाले अहिलेको अवस्थामा कोषमा आबद्द हुन नसक्ने भन्दै अडान लिईरहेका बेला लक्ष्मी बैंक भने सम्पूर्ण रुपमा कोषमा आबद्द भएको छ। बैंकका झन्डै एक हजार दुई सय प्लस कर्मचारीहरु कोषमा आबद्द भईसकेका छन् भने उनीहरुले गर्नुपर्ने योगदान पनि कोषमा जम्मा भएको छ। 

अरु बैंक वित्तीय संस्था आन्दोलित हुँदा लक्ष्मी बैंक मात्रै कोषमा आबद्द किन भन्ने प्रश्न उब्जिएको छ। लक्ष्मी बैंकका कम्पनी सचिव, चिफ  फाइनान्सियल अफिसर समेत रहेका प्रमुख सूचना अधिकारी पियुष राज अर्यालले बिजपाटीलाई बताएअनुसार बैंकले आफ्ना कर्मचारीको खाईपाई आएको सुविधामा कटौती नहुने सुनिस्चितता गरेको र सामाजिक सुरक्षा कोषले त्यहाँ जाने आफ्ना कर्मचारीलाई जम्मा भएको रकम एकमुष्ट लिने वा पेन्सनमा जाने विकल्प दिएकाले लक्ष्मी बैंक कोषमा आबद्द भएको हो।

Read More
  • EBL Ad news