विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियामवली २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
उक्त विनियामवलीमा अब विदेशी लगानी नेपालमा ल्याउँदा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि विद्यमान विनियामवली संशोधन गरी विदेशी लगानीमा नयाँ नियम बनाएको हो ।