केही बैंकले पुनरकर्जामा दुरुपयोग गरेको पाइयो, कारवाही गर्छौ : गभर्नर अधिकारी


  • KBL News Ad
  • ADBL
  • City Express
केही बैंकले पुनरकर्जामा दुरुपयोग गरेको पाइयो, कारवाही गर्छौ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनरकर्जा र संस्थागत सामाजिक उत्तरदायित्व बापतको खर्चमा भएका दुरुपयोग रोक्ने प्रतिबद्दता जनाएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन र चुनौति विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

राष्ट्र बैंकले ब्याजमा दिने अनुदान बापतको पुनरकर्जामा केही दुरुपयोग भएको पाइएपछि आफुहरुले यसको यथार्थ थाहा पाउनका लागि एक अध्ययन समिति बनाएको गभर्नर अधिकारीले बताए। 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा सहुलियतपूर्ण र पुनरकर्जा को अनुगमन गर्नलाई यस्तो अध्ययन समिति गठन भएको र हाल उक्त समितिले अध्ययन जारी राखेको गभर्नर अधिकारीले बताए। उक्त समितिको अध्ययनमा समेत सहुलियतपूर्ण र पुनरकर्जा दिने विषयमा केही बैंक वित्तीय संस्थाबाट दुरुपयोग भएको पाइएको उनले बताए। यस्तो काम नदोहोरियोस भन्नलाई उनीहरुलाई कारबाहीको दायरामा ल्याउने काम समेत भएको उनले बताए। 

Read More
  • EBL Ad news