सरकारले आउँदो हप्तादेखि मनिटरी पोलिसी (मौद्रिक नीति)को गृहकार्यग गर्ने भएको छ । हालै मात्र सार्वजनिक भएको आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सरकारले ल्याउन लागेको मनिटरी पोलिसी आउँदो हप्तादेखि तयारी गर्ने गरी गृहकार्य शुरु गर्ने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित भर्चुअल बजेट समिक्षा तथा कार्यान्वयन विषय कार्यक्रमा बोल्दै गर्भनर अधिकारीले भने, ‘हामीले आउँदो हप्तादेखि आर्थिक वर्ष २०७८÷७९ को मनिटरी पोलिसीको गृहकार्य गर्ने गरी तयारी गर्ने योजना बनाएका छौं । जलका लागि पहिलो चरणमा निजी क्षेत्रका व्यवसायीहरूसँग छुट्टा छुट्टै छलफल चलाइने छ ।