डिजिटल भुक्तानीका बारे डिजिटल माध्यमबाटै अवारनेस ल्याउनेगरी ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’को सुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार सो कार्यक्रमको उद्घाटन गर्नुभयो । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को समुद्घाटन गर्दै (वेवीनार मार्फत) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताउनुभयो ।
उहाँले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताउनुभयो । डिजिटलाईजेशनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राख्नुभयो ।
बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताउनुभयो । गभर्नर अधिकारीले अहिले चिया पसलदेखि ई–रिक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताउनुभयो ।
वित्तीय साक्षरतालाई डिजिटल्ली रुपमा लैजानुपर्ने भन्दै उहाँले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु एवं डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताउनुभयो । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताउनुभयो । ...