सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, सभाद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, सभाद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा प्रधान कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

यस्तै सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्दै  गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ । यता संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पनि पारित भएको छ।

Read More
  • MBL - below news