नेपाल बङ्गलादेश बैंकको २७औं वार्षिकोत्सव


  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकको २७औं वार्षिकोत्सव

नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ। 

वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५ सय भायल रेम्डिसिभिर इन्जेक्सन प्रदान गरेको छ।

साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख बराबरको  आर्थिक सहयोग गरेको छ।

 उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्ने बताइएको छ।

Read More