काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सले आइतबार जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कोरोना संक्रमणको कारण सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जानकारी दिएको छ । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ ।







