‘उद्योग व्यवसाय कमजोर हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्छ’


  • KBL News Ad
  • ADBL
  • City Express
‘उद्योग व्यवसाय कमजोर हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्छ’

देवकुमार ढकाल, प्रवक्ता, नेपाल राष्ट्र बैंक 

कोरोनाको दोस्रो लहरसँगै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार संक्रमित भएका छन् भने कतिको मृत्यु समेत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार गरि १९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित छन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु अहिले सीमित शाखा खोलेर सञ्चालन गरिरहेका छन् । जिल्ला तहमा भने जिल्ला प्रशासन कार्यालयको आदेशको परिधिमा रहेर सेवा दिइरहेका छन् । यसैबीच बैंक वित्तीय क्षेत्रका कर्मचारीमा कोरोना संक्रमणकाे अवस्था  र  बैंक, वित्तीय संस्थाले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा बैंकिङ खबरले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग कुराकानी गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमा कारोना संक्रमणको अवस्था कस्तो छ ?

बैंक तथ वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उनीहरुको परिवार गरी पहिलो र दोस्रो लहरमा १९ हजार जना संक्रमित भएकाे अवस्था छ । जसमध्ये कर्मचारी १३ हजार ७ सय १५ छन् भने एकाघर परिवार ५ हजार २ सय ८७ जना संक्रमित छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७३ जना छ । त्यसमा कर्मचारी ३ हजार ९ सय १६ जना र १८ सय ५७ जना परिवारका सदस्य सक्रिय संक्रमित छन् । मृत्यु हुनेको संख्या १ सय २६ जना छ । जसमध्ये कर्मचारी २४ र परिवारको संख्या १ सय २ जना छन् ।

पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित छन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरुका परिवार कोरोना संक्रमणबाट त्यतिकै प्रभावित छन् ।

कोरोना महामारीको बेलामा बैंकहरुले कसरी सेवा दिएका छन् ?

हामिले यसअघि पनि निर्देशन नै जारी गरेका थियौं । उक्त निर्देशनमा डिजिटल मोड अफ पेमेन्टलाई नै प्रवर्धन र प्राथमिकता दिने गरि आफ्ना सेवा सूचारु गर्नु भनेर भन्दै आएका छौं ।

हामीले एउटा सर्कुलर पनि जारी गरेका छौं । कमर्सियल बैंकले काठमाडौंमा हेड अफिस बाहेक तीन वटा, विकास बैंकले हेड अफिस र अन्य २ वटा शाखा, ललितपुरका कमर्सियल बैंकले दुई शाखा, भक्तपुरमा एउटा शाखा, विकास बैंकले काठमाडौंमा एउटा, ललितपुरमा एउटा र भक्तपुरमा एउटा, वित्त संस्थानले तीन वटै जिल्लामा एक/एक वटा बैंकिङ सेवा सुचारु गर्नु भनेका छौं । सोही अनुसार बैंकिङ सेवाहरु सुचारु भएका छन् । काठमाडौं उपत्यका बाहेकका जिल्लामा सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले दिएको आदेशको परिधिभित्र रहेर बैंकिङ सेवा सुचारु छन्

बैंकले ५० हजार भन्दा कम रकम डिपोजिट नलिने भनेको छ ? राष्ट्र बैंकले दिएको निर्देशन हो ? ...

Read More
  • EBL Ad news