दिर्घकालिन लगानीले बनायो मालामाल : ९ वर्षमा १० हजारको लगानीले १७ लाख मुनाफा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दिर्घकालिन लगानीले बनायो मालामाल : ९ वर्षमा १० हजारको लगानीले १७ लाख मुनाफा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूकाे राेजाइमा पर्ने कम्पनी हाे । संस्थाले सुरूवात देखि नै लगानीकर्तालाई आकर्षक मुनाफा वितरण गर्दै आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ७ सय ६० रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएकाे छ । संस्थाकाे खुद व्याज आम्दानी १ अर्ब ५२ करोड ६९ लाख ५७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पूँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको संस्थाकाे जगेडा कोषमा दुई अर्ब ९० करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा रहेकाे छ । 

संस्थाकाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा संस्थाले धेरैमा ५२.७ प्रतिशतसम्म र थाेरैमा २५ प्रतिशतसम्म लाभांश वितरण गरेकाे छ । संस्थाकाे सेयरमा १० वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी संस्थाले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर १७ लाख रूपैयाँ भन्दा माथी पुगेकाे छ । संस्थाकाे १०० कित्ता सेयर हुने लगानीकर्ताकाे सेयर संख्या बाेनसबाट बढेर ९ सय ६६ कित्ता पुगेकाे हाे । नगद लाभांशबाट पनि संस्थाका सेयरधनीहरूले राम्रै आम्दानी गरिसकेका छन् ।

यस्ताे छ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत  बाेनस र १७.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३३.२३ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र १२.७ प्रतिशत नगद गरि कूल ५२.७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । ...

Read More
  • MBL - below news