सम्झौता नै भईसकेपनि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर तोडिने सम्भावना बढेको छ। हिमालयन र नेपाल इन्भेष्टमेन्टबीचको मर्जरलाई लिएर सुरुवात देखि नै असन्तुष्ट रहेको एउटा समुह हाबी हुँदै गएपछि यी दुई बैकबीचको मर्जर तोडिने सम्भावना बढेको हो।
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा सेयर स्वामित्वमा धेरै हिस्सा ओगटेका र पारिवारिक सम्बन्ध भएका राणा र पाण्डे समुहको चाँसोमा राष्ट्र बैंकले आफ्नो उपलब्धि देखेपछि सम्भव भएको मर्जर असन्तुष्ट समुहकै कारण टुट्ने सम्भावना अधिक रहेको स्रोतको दाबि छ।
दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। जिम्मेवारीको हिसाबले मात्र नभई सेयर स्वामित्वमा पनि पाण्डे र राणाको परिवारको दबदबा रहेको छ।
स्रोत भन्छ, 'मर्जर पछि बन्ने बैकमा पाण्डे र राणा परिवारको हालीमुहाली हुने निष्कर्ष सहित हिमालयन बैंकको तीन मध्ये एउटा समुह धेरै असन्तुष्ट देखिएको छ, यो समुह जति हाबी हुन्छ त्यति नै मर्जर टुट्ने सम्भावना बलियो हुँदै जान्छ।' ...







