एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाट भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आई सर्भिस प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन् ।

भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने छन् ।

अनलाइनबाटै एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

Read More
  • EBL Ad news