राष्ट्र बैंकका ७६ जनामा संक्रमण, ५५ जना अझै सक्रिय संक्रमित
काठमाडौं । नेपाल राष्ट्र बैंकका ७६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म सो संख्यामा कर्मचारीहरु संक्रमित भएको जानकारी आएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
७६ जना कर्मचारीमध्ये अहिले ५५ जना कर्मचारीहरु सक्रिय संक्रमित छन् । उनीहरु विभिन्न स्थानका आइशोलेसनमा रहेको उल्लेख गरिएको छ । २१ जना भने संक्रमणमुक्त भइ घर फर्किएका छन् ।
निषेधाज्ञाबीच राष्ट्र बैंकले एक चौथाई कर्मचारीमा आलोपालो प्रणालीमा कार्यालय सञ्चालन गरिरहेको छ । घरबाटै अभौतिक रुपमा सञ्चालन गर्न सकिने विभागलाई समेत खुला गर्न लगाउँदा अहिले संक्रमणको दर बढिरहेको देखिएको छ ।
गभर्नरले फाइल छुनै छाडे ...