जेठ ११, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा केन्द्रीय कार्यालयमा जेठ १० गते भचृूअल माध्यमबाट सम्पन्न भएको हो । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
८ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १८ करोडभन्दा बढी पुग्नेछ । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको तेस्रो त्रैमाससम्ममा रू. १३ करोड ३३ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १४ करोड ८२ लाख ८७ हजार नाफा गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७८ करोड ६१ लाख ६६ हजार बीमाशुल्क आर्जन गरेको हो । बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६ प्रतिशतले वृद्धि भएको हो ।

 
                                    





