नेपाल राष्ट्र बैंकले जेठ ११ गते मंगलबारदेखि दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८३’ को विक्री खुला गरेको छ । इच्छुक नेपाली नागरिकले असार १ गतेदेखि जेठ २२ गतेसम्म बचतपत्र खरिद गर्न सक्ने छन् ।
राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो । बचतपत्रमा न्युनतम १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।
यो ५ बर्षे बचतपत्र भएकोले २०८३ साल असार ६ गते सावाँ फिर्ता हुनेछ। बचतपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी बार्षिक ९ प्रतिशत ब्याज राष्ट्र बैंकले दिनेछ । साथै यो बचतपत्र धितो राखेर अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने छ ।