छिमेक लघुवित्तले पायो अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ग्राहक संरक्षण प्रमाण पत्र


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
छिमेक लघुवित्तले पायो अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ग्राहक संरक्षण प्रमाण पत्र

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले स्मार्ट अमेरिकाको क्याम्पियनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेका छ । अमेरिकाको वासिगंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धि ७ सिद्धान्त र १९२ मानकहरुलाई यस वित्तीय संस्थाले पुर्ण रुपमा पालना गरेको हुनाले संस्थाले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।

ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋण ग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्थ र दुरुस्त बनाई राखेको कारण संस्था ग्राहक संरक्षण प्रमाण पत्र पाउन योग्य भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वताए ।

Read More
  • MBL - below news