हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, दुवै कम्पनीको शेयर कारोबार रोकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, दुवै कम्पनीको शेयर कारोबार रोकिने

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जाने सहमति भएको छ । केही समयअघि राजधानीको ठमेलस्थित अलफ्ट होटलमा हिमालयन बैंकका अध्यक्ष तुल्सी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सो सम्झौता अनुसार अबको २ महिनाभित्र दुई बैंकको मर्जर प्रक्रिया पूरा गरिनेछ । बैंकहरुबीच समान स्वाप अनुपातमा मर्जर हुने समझदारी भइसकेको छ । 

यो सम्झाैतासँगै दुवै बै‌‌कको शेयर दोस्रो बजारमा कारोबार राेकिनेछ । मर्जर भएर एकीकृत कारोबारपछि मात्रै कारोबार खुला हुनेछ । 

दुई बैंकबीच सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी तथा शेयर संरचनाको बारेमा यसअघि नै सहमति भइसकेको छ । मर्जरपछि अधिकांश वित्तीय सूचकमा बैंक नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुनेछ । 

Read More
  • MBL - below news
  • EBL Ad news