हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि दुबैतर्फको बोर्ड बैठकले मर्जर कमिटीको निर्णय स्वीकार गरेको छ।
अर्थात अब दुवै बैंकबीच मर्जका लागि कुनै विवाद छैन, मात्रै सम्झौता पत्रमा हस्ताक्षर (एमओयू) हुन बाँकी छ। स्रोतका अनुसार सबै कुरा मिलेको छ, तर हबिबको सेयर टुंगो नलाग्दा ढिला भएको छ।
हिमालयन बैंकमा हाल पाकिस्तानको हबिब बैंकको २० प्रतिशत संस्थापक सेयर छ। हबिबले सो सेयर तत्काल बिक्री भएको सुनिश्चितता चाहन्छ।
हबिब बैंकको सेयर बिक्रीको सुनिश्चितता नहुँदा इन्भेष्टमेन्टसँग मर्ज प्रक्रिया अड्किएको छ। मर्ज सम्झौतापछि केही महिना सेयर कारोबार रोकिन्छ। हबिबले जतिसक्दो चाँडो मर्जअघि नै सेयर बिक्री गर्न खोजेको छ।








