ग्लोबल आइएमईको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
ग्लोबल आइएमईको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं  : ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको ८१ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख २६ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा बुझाउन सकिनेछ ।

Read More
  • EBL