एनआइसी एसिया बैंकले भन्यो, 'प्राविधिक गल्ति भयो, सहकारीले भन्दा महँगो ब्याज लिएका छैनौँ'


  • KBL News Ad
  • ADBL
  • City Express
एनआइसी एसिया बैंकले भन्यो, 'प्राविधिक गल्ति भयो, सहकारीले भन्दा महँगो ब्याज लिएका छैनौँ'

ऋणीबाट सहकारीले भन्दा बढी ब्याज लिएको बिषयमा एनआईसी एसिया बैंकले स्पष्टीकरण दिएको छ। बैंकको बिराटनगर शाखा कार्यलयबाट ऋणीलाई गरिएको पत्रचारमा प्राविधिक गडबडीले गर्दा सहकारीको भन्दा बढी ब्याजदर उल्लेख भएको बैकले जनाएको छ। 

बैंकका क्वालिटी एसुरेंन्स इकोसिस्टम प्रमुख अर्जुन राज खनियाले बिराटनगर शाखा कार्यालयमा ऋणीलाई महँगो ब्याजदर तोकिएको बिषय प्राबिधिक समस्या मात्रै भएको बताए। उनकाअनुसार यो बिषय एक हप्ता अगाडी नै समाधान भईसकेको छ। 

खनिया भन्छन्, "बैंकले एउटा दरको ब्याज पठाउन खोज्दा प्राविधिक कारण अर्को पत्रचार हुन् गएको मात्र हो, ऋणीबाट पत्रचार गरीएअनुसार बैंकले ब्याज लिएको पनि छैन, अहिले यो बिषय बन्द भईसक्यो, बैंकले सहकारीले भन्दा महँगो ब्याज लिएको छैन। "

भएको के हो ?

एनआइसी एसियाले आफ्नो ऋणीलाई आधार दरमा ८.९३ प्रतिशत प्रिमियम थप गरि १५.७० प्रतिशत ब्याजदर कायम गरेर पत्रचार गरेको थियो। बैंकले छोराहरु दिपेश र दिवश सुवेदीको नाम रहेको कम्पनी धितो राखी बैंकबाट ४ करोड ६० लाख रुपैयाँ घर कर्जा लिएका दिनेश सुबेदीलाई सहकारी भन्दा पनि महँगो दरमा ब्याज तोकेर पत्राचार गरेपछि यो घटना बाहिरिएको हो। 

सुवेदीले एनआइसीको बिराटनगर शाखा कार्यलयबाट ४ बर्ष अगाडी २०७३ साल माघ १९ गते मासिक १३.४९ प्रतिशत ब्याजदरमा १५ वर्षे घर कर्जा घर कर्जा लिएका थिए। गत फागुन मसान्तमै कर्जा चुक्ता भएपनि बैंकले सुवेदीलाई २०७८ बैशाख १४ गतेकर्जाको ब्याजदर १५.७० प्रतिशत पुगेको भन्दै पत्रचार भएको हो। 

के भन्छ नेपाल राष्ट्र बैंक ? ...

Read More
  • EBL Ad news