एनआईसी एशिया बैंक बिरुद्ध उजुरी बोकेर पीडितहरु राष्ट्र बैंकमा !


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैंक बिरुद्ध उजुरी बोकेर पीडितहरु राष्ट्र बैंकमा !

एनआईसी एसिया बैंकले बढी व्याज लिएको भन्दै कोरोना महामारीका बेला ऋणीलाई दुख दिएको, सम्पत्ति कव्जा गर्ने रणनीति बनाएको आरोपमा उक्त बैंक विरुद्ध राष्ट्र बैंकमा पीडितहरुले निवेदन दिन थालेका छन् । एनआईसी एसिया बैंक बिरुद्ध एकसातामा करिव दुइदर्जन उजुरी राष्ट्र बैंकमा परेका छन् । एनआईसी एसिया बैंकका विरुद्ध केही निवेदनहरु आएको र सो को अध्ययन भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् । उनका अनुसार एनआईसी एसिया बैंकका बिरुद्ध यसअघि पनि केही उजुरीहरु आएका छन् । अहिलै यसबारे केही भन्न नसकिने र अध्ययन भएपछि मात्रै कार्बाहीका बारे पहल हुन सक्ने उनले बताए । उनका अनुसार अहिले निवेदनका बारे सत्य तथ्य बुझ्ने र त्यसबारे अध्ययन गर्ने काम भइरहेको छ । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेला ऋणीलाई व्याज बढाउने र आतंकीत पार्ने काम भएको भन्दै बीराटनगर र बुटवलका व्यबसायीहरुले एनआईसी एसिया बैंक बिरुद्ध सो बैंकले गरेको गैरजिम्मेवारी बारे बोल्न थालेका छन् । बैंकको चर्को व्याजले कोही उठीबास भएका छन् भने कोही घरकव्जाबाट त्रसित छन् । सहकारीको भन्दा चर्को व्याज बनाएर ग्राहकलाई ठगी गरेको छ । बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ । त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको पाइएको छ । बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । विराटनगर शाखाबाट घर कर्जा लिएका ग्राहकाई १५.७० प्रतिशत व्याज बुझाउन बैंकले पत्र काटेको छ । उनले राष्ट्र बैंकमा उजुरी गरेपछि mयो कुरा बाहिर आएको हो ।

कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्धा बैंकले आधार रदरमा ९ प्रतिशत बढी प्रिमियम जोडेर ब्याजदर करीब १६ प्रतिशत बनाएको छ । अहिले लघुवित्त र सहकारीको व्याजदर १४ देखि १५ प्रतिशतसम्म छ । नआईसी एसिया बैंकले बुटवल, बीराटनगर र पाल्पा शाखाबाट धमाधम ऋणीमाथि पत्र काटेको छ । अन्य केही शाखाबाट पनि ऋणीहरुलाई फोन गर्ने काम भएको उद्योग वाणिज्य संघ बिराटनगरका एक अधिकारीले बताएका छन् । संघमा आबद्ध रहेका धेरै जनालाई बैंकले टेलिफोन गरेको उनले बताए । केहीलाई पत्र काटीएको छ, अरुलाई व्याजदर बढेको र भुक्तानीमा ढिलाई भए धितो कव्जा गर्ने धम्कि आएको उद्योगी रामलाल शाहले बैंकिङ खबरलाई बताए । बैंकले बैशाख १ गतेको मितिमा पत्राचार गरेको छ । अर्का ऋणी दिनेश सुवेदीका नाममा काटीएको पत्रमा पनि व्याजदर १५ दशमलव ७० प्रतिशत तोकिएको छ । ...

Read More
  • EBL Ad news