काठमाडौँ / एन आई सी एशिया बैंकका ग्राहकहरुले विभिन्न कम्पनीहरूबाट अनलाइन सामान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने भएका छन् ।
नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ–आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्न बैंकले उक्त योजना ल्याएको हो ।
यस अवस्थामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रूपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले आफ्नो घरमै बसेर विभिन्न अनलाइनमार्फत बैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।