आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु-याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भएको छ । 

सम्झौताअनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।


उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे,  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार ब्यक्त  गरे । 

Read More
  • MBL - below news
  • EBL Ad news