हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ ।
भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्ने उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो ।
भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।
यूनियनपेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एच वि एल यूनियनपे एस सि टि कोब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न शुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुने कुराको जानकारी दिएका थिए ।








