सानिमा लाईफ इन्स्योरेन्सका बिमितहरुले अब सबै कारोबार अनलाईनबाट गर्न सक्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाईफ इन्स्योरेन्सका बिमितहरुले अब सबै कारोबार अनलाईनबाट गर्न सक्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त संस्थासँग आवद्ध भएको हो ।

सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

Read More
  • MBL - below news