पाकिस्तानको हबिबले हिमालयनको सेयर बेच्ने
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्वन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ।
आज दुबै बैंकको मर्जर कमिटीको बैठक बसेको छ। ‘मर्जर कमिटीको बैठक भइरहेको छ, कमिटीका छलफल सहमति नजिक पुगेकाले आउने साता मर्ज सम्वन्धी सम्झौता हुने छ’ स्रोतले भन्यो। सम्भवतः १४ गते मंगलबार नै मर्जसम्वन्धी सम्झौता हुने स्रोतको दावी छ। मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्वन्धी निर्णय पारित गर्नेछ।
स्वाप रेसियो नै १ बराबर १ को रूपमा रहने भएको छ। यसको अर्थ, दुईमध्ये जुन बैंकको सेयर जति छ, लगानीकर्ताले मर्जपछिको बैंकको सेयर त्यति नै पाउने छन्। एमओयुका लागि डकुमेन्ट तयार भएको छ।








