वैशाख ६, काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि घटेको बजार दोस्रो दिन पनि घटिरहेको छ ।
कारोबारको १० मिनेटमा नेप्से परिसूचक ११ दशमलव ८७ अंकले घटेर २ हजार ६८७ दशमलव ६४ विन्दुमा झरेको हो ।
दोहोरो अंकले घटेको बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ६२ ले बढेर ज्योति लाईफको शेयरमूल्य प्रतिकित्ता रू. ६८३ पुगेको हो ।
यसदिन कम्पनीकै सर्वाधिक शेयर खरीद माग रहेको छ । १० मिनेटसम्मको कारोबार अवधिमा कम्पनीको ४ हजार ३९६ ओटा अर्डरमा ९७ लाख ९७ हजार ७७ कित्ता शेयर खरीद माग रहेको छ ।








