फर्स्ट माइक्रोफाइनान्सलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा कस्तो देखिन्छ अवस्था ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
फर्स्ट माइक्रोफाइनान्सलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा कस्तो देखिन्छ अवस्था ?

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा १२.९४% ले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यसले ८ करोड ६६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस लघुवित्तले खुद ब्याज आम्दानी १३ करोड ८७ लाख रुपैयाँबाट बढाएर १८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि १३ करोड ७३ लाख रुपैयाँबाट बढेर १५ करोड ५३ लाख पुगेको छ ।

गत वर्षको तुलनामा ४८.४९% ले वृद्धि गरी कर्जा लगानी ८ अर्ब २७ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । फर्स्ट माइक्रोफाइनान्स खराब कर्जालाई शून्यमा सीमित गर्न सफल भएको छ । चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ छ । जगेडा कोषमा २३ करोड ३५ लाख ८० हजार रुपैयाँ छ । गत वर्ष यसै अवधिमा जगेडा कोषमा १९ करोड ३८ लाख ४० हजार रुपैयाँ मात्र थियो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा छ । 

Read More
  • EBL