राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोष बाँडफाँड, १२०४६ संघसंस्थाहरू लाभान्वित


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोष बाँडफाँड, १२०४६ संघसंस्थाहरू लाभान्वित

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ । 

सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप उक्त रकमको बाँडफाँड गरेको हो । 

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघसंस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

सदस्य संघसस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

Read More
  • EBL Ad news