काठमाडौं । केही समय अघिसम्म अधिक तरलताको कारण समस्यामा रहेका वाणिज्य बैंकहरु अहिले तरलता अभावको समस्यासँग जुधिरहेका छन् । लगानीयोग्य पुँजीको अभाव भएपछि विदेशबाट पैसा ल्याएर लगानी गर्ने काममा नेपालका वाणिज्य बैंकहरु लागि परेका छन् ।
यस क्रममा मेगा बैंक लिमिटेडले विदेशबाट ४० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ४ अर्ब ८० करोड लगानीयोग्य पुँजी भित्र्याउँदै छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीका अनुसार आज चैत्र मसान्तका दिन २० मिलियन डलर आउँदै छ । उनले भनिन्, ‘बैंकमा तरलता अभाव भयो । त्यसैले ४० मिलियन डलर विदेशबाट ल्याउँदैछौं । आज २० मिलियन डलर र हप्ता दिनभित्र बाँकी २० मिलियन डलर आउँदै छ ।’








