पाकिस्तानको हबिबले हिमालयन बैंकबाट लगानी झिक्दै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पाकिस्तानको हबिबले हिमालयन बैंकबाट लगानी झिक्दै

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा गरेको सेयर लगानी झिक्ने भएको छ। बैंकमा कुल सेयर लगानीमध्ये हबिबको २० प्रतिशत स्वामित्व छ।

बैंकले घोषणा गरेको बोनसपछि कम्पनीको कुल सेयर संख्या १२ करोड १८ लाख २ हजार १६९ हुन आउँछ। यस हिसावले २ करोड ४३ लाख ६० हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री गरेर हबिबले करिब ६ अर्ब ८९ करोड रुपैयाँ लैजाँदै छ। 

हबिबले प्रतिकित्ता करिब २८३ रुपैयाँका दरले आफ्नो संस्थापक सेयर बिक्री गर्न खोजेको छ। हिमालयनका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाका अनुसार हबिबको सेयर पनि अरु नेपाली संस्थापक सेयर धनीले नै खरिद गर्नेछन्। 

‘हबिबले सेयर बेच्न चाह्यो, उसले तोकेको मूल्यमै सेयर बिक्रीका लागि हामीले सहजीकरण गरिदिने हो’ राणाले भने ‘त्यो सेयरमा पहिलो अधिकार अरु संस्थापककै हुन्छ, संस्थापक सेयरधनीलाई यसबारे जानकारी भइसकेको छ।’

Read More
  • MBL - below news
  • EBL Ad news