ज्योति लाइफ इन्सुरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफ इन्सुरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

ज्योति लाइफ इन्सुरेन्स कम्पनीले भक्तपुर नगरपालिकाका कर्मचारी स्व.रामकृष्ण नायजुको सामूहिक म्यादी जीवन बीमा दावी भुक्तानी गरेको छ । 

कम्पनीले यही चैत २५ गते सामूहिक म्यादी जीवन बीमा बापतको पाँच लाख पचास हजार रुपैयाँ रकम स्व नायजुका रमा नायजुलाई हस्तान्तरण गरेको हो । 

स्व नायजुको गत फाल्गुन २४ गते असाहमयिक निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरू कुनै पनि आकस्मिक वा बिपद्को परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरूको सामूहिक म्यादी जीवन बीमा ज्योति लाइफ इन्सुरेन्स कम्पनीमा गरिएको थियो । 

ज्योति लाइफले आफ्नो स्थापना देखी नै विभिन्न कार्यलयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा  बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरूको सामूहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ । 

ज्योति लाइफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकतामा राखेको छ । 

Read More
  • MBL - below news