सानिमा बैंकले नयाँ बर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकहरूको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ ।
सो अवसरमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।
यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यसैगरीे क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।








