नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्न सिद्धार्थ बैंकको सहयोग


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्न सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्न पाँच लाख प्रदान गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले  आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई रकम हस्तान्तरण गरेका हुन् ।  

 उक्त रकम अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागु गर्न उपयोग गरिने अस्पतालले जनाएको छ। उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । 

Read More
  • EBL Ad news