ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा बिहीबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार खुलेको दोस्रो दिनमा कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको हो ।
बुधबार कम्पनीको शेयर प्रति कित्ता ३६० रुपैयाँमा कारोबार खुलेको थियो। त्यस दिन ७.७७ प्रतिशतले बढेर ३८८ रुपैयाँमा अन्तिम कारोबार भएर बन्द भएको थियो ।
कारोबार खुलेको दोस्रो दिन आज बिहीबार भने कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेर ४२६ रुपैयाँ पुगेको छ। यस दिन कम्पनीको १७० कित्ता शेयर किनबेच भएर ६७ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ।








