विराटनगर / सनराइज बैंकले विराटनगरको टेम्पो/इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।
उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गरेका हुन् ।
प्रथम चरणमा ७० वटा टेम्पो/इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।








