आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सो फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्ने सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको हो।
फाइनान्सको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री/वितरण गरिएका दोस्त मोडलका सबै सवारी साधन किन्नका कम्तिमा खरिद मूल्यको ७० प्रतिशत सम्मको सहुलियतपूर्ण सवारी कर्जा दिइनेछ।








