ज्योति लाइफको सेयर सूचीकरण कहिले ? तोकियो ओपनिङ रेञ्ज र कारोबार संकेत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफको सेयर सूचीकरण कहिले ? तोकियो ओपनिङ रेञ्ज र कारोबार संकेत

काठमाण्डौ । हालै आइपीओ निश्कासन गरी बाँडफाँड समेत गरिसकेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोश्रो बजारमा बुधबार सूचीकरण हुने संभावना देखिएको छ । 

नेप्सेस्थित उच्च स्रोतका अनुसार ज्योति लाइफको सेयर सूचीकरणका लागि फाइल प्राप्त भइसकेको छ । त्यसलाई हेरेर आजभोलि नै सेयर सूचीकरण हुने अवस्था भए पनि नेप्से प्रमुख चन्द्रसिंह साउद काठमाण्डौभन्दा बाहिर रहेकोले संभवत बुधबारसम्म ज्योति लाइफको सेयर सूचीकरणको सम्झौता हुनसक्ने बताइएको छ । साउद आइतबार र सोमबार सुदुरपश्चिमको एक कार्यक्रममा गएका छन् । उनी मंगलबारदेखि अफिस आउने र त्यसपछि ज्योति लाइफसँग सूचीकरणको सम्झौता हुनेछ । 

यो कम्पनीको सुरुवाती कारोबारका लागि नेप्सेले रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको रेञ्ज तोकेको छ । जेएलआई संकेतबाट कारोबार हुने यो कम्पनीको २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण हुनेछ। 

Read More
  • MBL - below news