काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २० प्रतिशत शेयर किन्न आफ्ना संस्थापक शेयरधनीलाई आग्रह गरेको छ । हिमालयन बैक नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्जर प्रक्रियामा अघि बढेपछि हबिबले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो । हबिबले प्रतिकित्ता शेयर २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो ।
हिमालयन बैंकमा हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर स्वामित्व छ । सो मूल्यमा शेयर बिक्री गर्दा हबिबले ६ अर्ब भन्दा बढी रुपैयाँ पाउने छ । बैंकले यही चैत १२ गते आफ्ना संस्थापक सेयरधनीलाई उक्त सेयर किन्न आग्रह गरेको हो ।








