चैत १८, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । मंगलवार कम्पनी र एनआईसी एशिया क्यापिटल बीच शेयर नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको हो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसरी रोक्का राख्ने लगायतका कार्यहरु एनआईसी एशिया क्यापिटलबाट हुनेछ । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।








