एन आई सी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक, भारत र भुटान बाहेकका देशमा अनलाइन भुक्तानी गर्न सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
एन आई सी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक, भारत र भुटान बाहेकका देशमा अनलाइन भुक्तानी गर्न सकिने

एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । 

नवीनतम सेवा तथा सुविधा सहित गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो । 

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहक महानुभावहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । 

कार्ड प्राप्त गर्नका लागि ग्राहक महानुभावहरूको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहक महानुभावहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ । 

Read More
  • EBL Ad news