सनराइज ब्लूचिप फन्डको इकाई बाँडफाँट, आकार बढ्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज ब्लूचिप फन्डको इकाई बाँडफाँट, आकार बढ्यो

काठमाडौं : सनराइज ब्लूचिप फन्डको इकाई शुक्रबार बाँडफाँट भएको छ । यसमा १०० देखि ३० लाख इकाई सम्म माग गर्ने ५३ हजार १४४ जना योग्य आवेदकलाई माग अनुसार इकाई बाँडफाँट गरिएको छ । यस्तै, ५० लाख इकाईसम्म माग गर्ने ४ जनालाई ४६ लाख ५ हजार २६ इकाईका दरले र १ करोड इकाईका लागि माग गर्ने २ जनालाई ४६ लाख ५ हजार २८ इकाईका दरले बाँडफाँट गरिएको छ ।

यसरी सर्वसाधारणलाई कुल १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँट गरिएको छ । कोष प्रवद्र्धक सनराइज बैंकलाई बिज पुँजी वापत १ करोड ८७ लाख ५० हजार इकाई छुट्याइएको छ । सर्वसाधारण र बिज पुँजी गरी कुल १२ करोड ५० लाख इकाई बाँडफाँट भएको छ । यसआधारमा सनराइज ब्लूचिप फन्डको आकार बढेको देखिन्छ ।

Read More
  • MBL - below news