'ज्योति लाइफले बोनसबाट नै पुँजी बढाउँछ'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
'ज्योति लाइफले बोनसबाट नै पुँजी बढाउँछ'

ज्योति लाइफ इन्स्योरेन्सले पुँजी बढाउँनको लागि हकप्रदको सहारा लिनु पर्ने अवस्था नरहेको जनाएको छ। आईपिओ बाँडफाँड कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीसँग बोनसबाट नै पुँजी बढाउने क्षमता रहेको र सोहि अनुसार पुँजी बढाउने बताएका हुन् । 

उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिजर्भमा ४८ करोड रुपैयाँ रहेको र कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ रहेको बताए । त्यस्तै उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७५ लाख खुद नाफा कमाएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो ५६ प्रतिशतको वृद्धि हो ।

Read More
  • MBL - below news