कास्कीको रुपा गाउँपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच सम्झौता, किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कास्कीको रुपा गाउँपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच सम्झौता, किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने

कास्की । कास्की जिल्लाको रुपमा गाउँपालिकाका किसानहरुलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नका लागि रुपा गाउँपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच सम्झौता भएको छ । रुपा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य वस्तुको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी सिर्जना गर्न शिक्षित वेरोजगार युवाहरुलाई मुलुक भित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुलाई विदेशमा आर्जन गरेको सिप र दक्षता उपयोग गर्दै उनिहरुलाई स्वरोजगार वनाउन महिला उद्यमशिलता विकास गर्न, वित्तिय पहुँज तथा साक्षरता विस्तार गर्दै धितो सहित तथा विना धितोमा कर्जाका लागि आवश्यक सहजिकरण तथा व्यवस्थापन गर्न “समृद्धीका लागि सहकार्य” भन्ने नाराका साथ स्थापित भई विभिन्न क्षेत्रमा सहयोग र सहकार्यका साथ अगाडी बढेको ग्रीन डेभलपमेण्ट बैंक लि. र रुपमा गाउँपालिकाको सहकार्यमा चैत्र १२ गतेका दिन एक समारोहका गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा गाउँपालिकाका तर्फवाट प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुङ्गाना र ग्रीन डेभलमपमेण्ट वैंक लि.को तर्फवाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हस्ताक्षर गरे ।

 

Read More
  • MBL - below news
  • EBL Ad news