सनराइज बैंकको क्यूआर सेवा दक्षिणकाली मन्दिर परिसरमा, भक्तजनका लागि फ्रि वाइफाइको पनि सुविधा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकको क्यूआर सेवा दक्षिणकाली मन्दिर परिसरमा, भक्तजनका लागि फ्रि वाइफाइको पनि सुविधा

सनराइज बैंक लिमिटेडले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । 
बैंकले आज एक कार्यक्रमकाबीच दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको शुरुवात गरेको हा । 

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उद्घाटन गरेको उक्त सेवा शुरु भए लगत्तै अब मन्दिर जाने भक्तजनले नगद नबोके पनि हुने भएको छ । 

उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्नेछन् । 

ग्राहकहरुको सहजताको लागि बैंकले मन्दिर परिसरमा प्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले दक्षिणकाली मन्दिर परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ । 

Read More
  • MBL