ज्योति लाइफको आईपीओ शुक्रबार १२ः३० बजे बाँडफाँट हुने, करिब ६७ प्रतिशतले शेयर नपाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफको आईपीओ शुक्रबार १२ः३० बजे बाँडफाँट हुने, करिब ६७ प्रतिशतले शेयर नपाउने

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार दिउँसो १२ः३० शेयर बाँडफाँट हुने भएको हो ।

फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउनछन् । कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।

त्यस अनुसार करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजार जनाले शेयर नपाउने देखिन्छ ।

Read More
  • MBL - below news