ज्योति लाइफको वैदेशिक रोजगारीे म्यादी बीमा अब 'खल्ती'बाटै गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति लाइफको वैदेशिक रोजगारीे म्यादी बीमा अब 'खल्ती'बाटै गर्न सकिने

ज्योति लाइफ बीमा कम्पनीमा वैदेशिक रोजगारी म्यादी बीमा अब खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ । 

ज्योति लाइफ इन्स्योरेन्सले जारी गरेको विज्ञप्ति अनुसार अब वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमा अब विद्युतीय माध्यमबाटै जारी गर्न सकिने भएको हो । 

शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको ज्योति लाइफले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । 

ISO 9001:2015 गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त ज्योति लाइफ कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गइ बीमा शुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बीमितहरूको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी गराए । 

Read More
  • MBL - below news