भारतको प्रतिष्ठित कम्पनी मुथुट फाइनान्सको लगानी रहेको युनाइटेड फाइनान्स लिमिटेडले २५औं र २६ औं शाखा रुपन्देहीको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ ।
मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाइनान्स लिमिटेडका सञ्चालक मतिप्रभा पाण्डेले गरेका थिए भने पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक मनिषकुमार खेमकाले संयुक्त रुपमा गरेका थिए ।
दुबै शाखाले आजदेखि नै विधिवत रुपमा बैंकिङ कारोवार सञ्चालनमा ल्याएको छ ।

 
                                    





