ग्लोबल आइएमईको एटिएम फुटाउँदा फुँटाउदै दिलसाद आलम पक्राउ


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमईको एटिएम फुटाउँदा फुँटाउदै दिलसाद आलम पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More
  • EBL Ad news